प्रथम वीरगंज गोल्डकप शुरु, आयोजकको विजयी शुरुवात

ए वान डेस्क
१९ कार्तिक २०८०, आईतवार १०:०३

मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
पहिलो खेलमा भेट्रान्स सिटी क्लब वीरगन्जले भारत दिल्लीको गडवाल डायमन्ड फुटबल क्लबलाई १ को विरुद्ध ३ गोलले पराजित गरेको छ । खेलको निर्धारित समयमा कुनै पनि टीमले गोल प्रहार गर्न नसकेपछि पेनाल्टी सुट आउट गरिएको थियो । आयोजक भेट्रान्स सिटीका सुशान्त थापा, नविन लामा र जनक कार्कीले एकरएक गोल प्रहार गरेका थिए ।

भेट्रान्सका कप्तान कृष्ण शाक्यले पहार गरेको पहिलो पेनाल्टी सट गडवाल डायमन्ड क्लबका गोलकिपर हर्षित बिष्टले रोकेका थिए । गडवाल डायमन्ड फुटबल क्लबका सुमित कद्यान, सन्कल्प सिंह र अन्जुल परिशरले प्रहार गरेका पेनाल्टी सट भेट्रान्स सिटीका गोलकिपर राजु नगरकोटीले रोकेका थिए । डायमन्डका अजय विष्टको पेनाल्टी सट मात्र गोलमा परिणत भएको थियो ।

टाई ब्रेकरमा ३ वटा पेनाल्टी प्रहार रोकेका भेट्रान्स सिटी क्लबका गोलकिपर राजु नगरकोटी म्यान आफ दि म्याच घोषित भएका थिए । मधेश प्रदेशकै उच्च धनराशी भएको प्रथम वीरगन्ज गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् ।

वीरगन्ज गोल्डकपमा भारतका दुई र नेपालका ६ वटा गरि ८ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । आइतबार हुने दोस्रो खेलमा संकटा क्लब र चर्च ब्वाईज युनाइटेडले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताउनु भयो ।
वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको बताउनु भयो ।
वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुन:निर्माण गरिएको भन्दै उहाँले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*