रौतहटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते
रौतहट — रौतहट चन्द्रपुर–४ मा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
सर्लाहीको हरिवनबाट बारा जाँदै गरेको मधेश प्रदेश ०४–००१ प ४१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सर्लाही हरिवन–३ का ५६ वर्षीय चन्द्रमान मोक्तानको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए । मोटरसाइकल चालक ४५ वर्षीय छेसङ तामाङको टाउको, च्यापु र दुबै घुँडामा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
तीव्रगतिमा रहेको मोटरसाइकल सडकबाट तल खसेको थियो ।















