बारामा पेस्तोलसहित ५ पक्राउ

ए वान डेस्क
२४ कार्तिक २०८०, शुक्रबार ०८:४८

प्रहरीले सिम्रौनगढ नगरपालिका-११ भगवानपुर गाउँबाट २ वटा पेस्तोलसहित त्यसमा प्रयोग हुने गोलीसँगै ५ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपलाल पटेल, उनका छोरा उपेन्द्र, धिरेन्द्र पटेल, रौतहट बौधीमाई नगरपालिका-२ घर भएका राजमंगल पटेल र शोभा राउत छन् ।

रूपलाल पटेलको घरबाट खानतलासी गरी पेस्तोल र १० राउन्ड गोली बरामद गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए । उनका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*