चार महिनामा जीतपुरसिमराले उठायो ६ करोड ५३ लाख रुपैँया राजश्व

ए वान डेस्क
१३ मंसिर २०८०, बुधबार १३:३७

जीतपुरसिमराले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ करोड ५३ लाख रुपैँया राजश्व संकलन गरेको छ । आन्तरिक आयका रुपमा करिव ४२ करोड वार्षिक लक्ष्य राखेको उपमहानगरले पहिलो चौमासिकमा गत आर्थिक वर्षको तुलनामा २ करोडले वृद्धि भई ६ करोड ५३ लाख रुपैँया राजस्व संकलन भएको राजस्व शाखाका प्रमुख रमेश सुवेदीले जानकारी दिए ।

शीर्षकगत रुपमा हेर्दा भुमी तथा मालपोत करमा करिव एक करोडको वार्षिक लक्ष्य राखेको उपमहानगरले पहिलो चौमासिकमा करिव ५४ लाख राजस्व संकलन गरेको छ ।

यस्तै अखेटोपहार तथा कवाडी करका नाममा २ करोड ५७ लाखको लक्ष्य राखेको उपमहानगरले जडिवुटी सहितको कर संकलनमा सवा २ करोड राजस्व जम्मा गरिसकेको छ । त्यस्तै वार्षिक ८० लाखको बहाल बिटौरी शुल्क उठाउने लक्ष्य राखिएकोमा ७७ लाख संकलन भएको छ भने वार्षिक ३ करोडको लक्ष्य राखिएको सम्पत्ति करमा कार्तिक मसान्तसम्ममा ५१ लाख राजश्व संकलन गरेको छ ।

यस वर्ष १ करोड २० लाख लक्ष्य राखिएको नक्सापास दस्तुरमा करिव २२ लाख रुपैँया संकलन भएको छ । त्यसैगरी ६५ लाख रुपैँया लक्ष्य राखिएको व्यवसाय दर्ता दस्तुरमा करिव चार महिनामा २ लाख रुपैँया राजस्व पनी संकलन हुन सकेको छैन ।

उपमहानगरले यो आर्थिक वर्षमा करिव २ अर्वको बजेट सार्वजनिक गरेको छ । जसमा ३१ करोड घाटा बजेट सार्वजनिक गरेकोमा हरेक वडा तहलाई आफ्नो सिलिङ्ग बजेटको ७० प्रतिशत मात्र खर्च गर्न उपमहानगरले सर्कुलर समेत जारी गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*