भारतको प्रतिबन्धपछि चीनबाट हुन थाल्यो प्याजको आयात

ए वान डेस्क
१ पुष २०८०, आईतवार १७:३२

भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।

भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ ।

संघका महासचिव प्रकाश गजुरेलले चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको बताए ।

यता तातो पानी भन्सार कार्यालयले पनि चीनबाट नेपाललले प्याज आयात थालेको पुष्टि गरेको छ ।
तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयनन्द केसीले आजै मात्रै प्याज बोकेको २ वटा कन्टेनर नेपालतर्फ प्रवेश गरेको बताए ।

‘भन्सार जाँच पास हुन बाँकी छ, तर प्याज बोकेका कन्टेनर नेपाल आउन थालेका छन्,’ केसीले भने, ‘परिमाण यकिन भइसकेको छैन ।’

आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले प्याज आयातकर्ताबारे भने थप खुलाउन चाहेन ।

संघका महासचिव गजुरेलकाअनुसार भारतको प्रतिबन्धपछि चिनीयाँ बजारको प्याज नेपाल ल्याउन सक्ने/नसक्नेबारे छलफल भएको थियो ।

तर, चीनतर्फबाट लसुन आयात गर्ने व्यवसायीहरुले प्याज पनि ल्याउन सम्भव भएपछि आयात प्रक्रिया सुरु गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*