तेस्रो मनहर्वा गोल्डकप माघ १३ देखि हुने, विजेताले दुई लाख पाउने

ए वान डेस्क
१२ पुष २०८०, बिहीबार १७:२५

बाराको जीतपुरसिमरा–१८ बडहर्वामा मनहर्वा गोल्डकप हुने भएको छ ।

झण्डै एक दशक पछि वडहर्वामा तेस्रो मनहर्वा गोल्डकप हुन लागेको हो । वि.स. २०६९ र २०७१ साल पहिलो र दोस्रो संस्करण भएको मनहर्वा गोल्डकपको तेस्रो संस्करणको तयारी सुरु भएको छ ।

मनहर्वा गोल्डकप यस क्षेत्रकै पुरानो मध्यको एक हो । तेस्रो संकरण माघ १३ देखि २० गतेसम्म हुन लागेको हो । मौवा देवि युवा क्लब, वडहर्वाको आयोजनामा वडहर्वा फुटबल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने जनाईएको छ ।

प्रतियोगितामा विजेताले दुई लाख र उपविजेताले एक लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यसैगरि हरेक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको ब्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*