आयोजक लोटसले उचाल्यो ईन्टरस्कुल फुटबल प्रतियोगिताको उपाधी

ए वान डेस्क
१० माघ २०८०, बुधबार १८:१२

ए वान डेस्क /

आयोजक लोटस एकेडेमी सिमराले बाराको सिमरामा जारी सातौ लोटस आधारभुत स्तरीय ईन्टरस्कुल फुटबल प्रतियोगिता २०८० को उपाधी उचालेको छ । आज भएको फाईनल खेलमा सिमरा पब्लिक ई. स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै लोटसले उपाधी उचालेको हो ।

प्रतियोगिताको बिजेता लोटसलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, शिक्षकहरु वसन्त ढकाल , लक्की लिमाल, मदन रिजाल लगायतको उपस्थिति रहेको थियो ।

सिमरा पब्लिक ई. बोर्डिङ स्कुलका प्रिन्सिपल राम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राम प्रसाद पोखरेलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*