तेश्रो मनहर्वा गोल्डकपको सम्पुर्ण तयारी पुरा, भोलि मुख्यमन्त्री यादवले उद्घाटन गर्ने

ए वान डेस्क
१२ माघ २०८०, शुक्रबार १७:५३

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा भोलिदेखि शुरु हुने तेश्रो मनहर्वा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ । बडहर्वा खेल मैदानमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक मौवादेवी युवा क्लबका अध्यक्ष निर्मल कुमार यादवले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो ।

प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका मु्ख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम छ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्र्तगत भोलि आयोजक मौवा देवी युवा क्लब र एन.वाई.सी हरिवन सर्लाहीबिच उद्घाटन खेल हुने छ । दुई टिमबिचको खेल दिउसो २ बजेपछि शुरु हुने अध्यक्ष यादवले बताउनुभयो । प्रतियोगितामा गत बर्षको बिजेता नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब (एनवाईसी) हरिवन, वीरगंज युनाईटेड पर्सा र आयोजक मौवा देवी युवा क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताकोे विजेता टिमले नगद २ लाख र उप विजेताले नगद १ लाख रुपैया पाउने अध्यक्ष यादवले बताउनुभयो । यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुई टिम मध्य एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदना गरिनेछ ।

यसैगरी २० हजारको सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एक एक जनालाई नगद १० हजारका दरले प्रदान गरिने अध्यक्ष यादवले बताउनुभयो ।

त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई ५÷५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष यादवले जानकारी दिनुभयो । खेलको प्रत्यक्ष प्रशारण गोल नेपाल डटकमले गर्नेछ ।

करिब २१ लखको लागतमा आयोजना हुन लागेको प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका, वडा नं.१८ र १७ मुख्य सहयोगीको रुपमा रहेका छन् । पत्रकार सम्मेलनमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्ले, क्लबका पूर्व अध्यक्ष बसन्त खतिवडा, प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक राजु तिमल्सीना लगायत क्लबका पधादीकारी एवं सल्लाहकारहरुको सहभागिता थियो ।

पत्रकार सम्मेलनको सञ्चालक क्लबका सल्लाहकार राजु कुमार कार्कीले गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*