तेश्रो मनहर्वा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र हरिवन भिड्ने्

ए वान डेस्क
१३ माघ २०८०, शनिबार ०९:२३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा आजदेखि मनहर्वा गोल्डकपको तेश्रो संसकरण शुरु हुदैछ । प्रतियोगिताको एक कार्यक्रमकाबिच मधेश प्रदेशका मु्ख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम छ ।

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक मौवा देवी युवा क्लब र एन.वाई.सी हरिवन सर्लाहीबिच प्रतिस्पर्धा हुनेछ । दुई टिमबिचको खेल दिउसो २ बजेपछि शुरु हुने आयोजक क्लबका अध्यक्ष निर्मल यादवले जानकारी दिनुभयो ।

प्रतियोगितामा गत बर्षको बिजेता नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब (एनवाईसी) हरिवन, वीरगंज युनाईटेड पर्सा र आयोजक मौवा देवी युवा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताकोे विजेता टिमले नगद २ लाख र उप विजेताले नगद १ लाख रुपैया पाउने अध्यक्ष यादवले बताउनुभयो ।

यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुई टिम मध्य एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदना गरिनेछ । यसैगरी २० हजारको सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एक एक जनालाई नगद १० हजारका दरले प्रदान गरिने अध्यक्ष यादवले बताउनुभयो ।

त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई ५÷५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष यादवले जानकारी दिनुभयो । खेलको प्रत्यक्ष प्रशारण गोल नेपाल डटकमले गर्नेछ ।

करिब २१ लखको लागतमा आयोजना हुन लागेको प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका, वडा नं.१८ र १७ मुख्य सहयोगीको रुपमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*