तेश्रो मनहर्वा गोल्डकप : आज रिगल हेटौडा रिसोर्ट र रौतहट एफसी भिड्ने
ए वान डेस्क /
जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर १८ मा जारी तेश्रो मनहर्वा गोल्डकपमा आज रिगल हेटौडा रिसोर्ट र रौतहट एफसीबीच खेल हुदैछ । बडहर्वा खेल मैदानमा हुने दुई टिमबिचको खेल दिउसो २ बजेदेखि शुरु हुनेछ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब एनवाईसी हरिवनलाई १ ० गोल अन्तरले पराजित गर्दै आयोजक मौवा देवी युवा क्लब विजयी भएको थियो । उद्घाटन खेलमा विजय शुरुवात गर्दै आयोजक मौवा देवी युवा क्लबले सेमिफाईनलको यात्रा सुरक्षित गरेको छ ।
मौवा देवी युवा क्लबको आयोजनामा माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा गत बर्षको बिजेता नव दुर्गा युवा क्लब सिमरा, हानामी बि।एफ।सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ।सि। रौतहट, नमस्ते युवा क्लब एनवाईसी हरिवन, वीरगंज युनाईटेड पर्सा र आयोजक मौवा देवी युवा क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताकोे विजेता टिमले नगद २ लाख र उप विजेताले नगद १ लाख रुपैया पाउनेछन् । यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुई टिम मध्य एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदना गरिनेछ ।
यसैगरी २० हजारको सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता ९हाई स्कोरर० लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एक एक जनालाई नगद १० हजारका दरले प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निर्मल यादवले बताउनुभयो ।
त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई ५/५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी ९प्लेयर अफ दि म्याच० नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष यादवले जानकारी दिनुभयो । प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका, वडा नं १८ र १७ मुख्य सहयोगीको रुपमा रहेका छन् ।















