तेस्रो मनहर्वा गोल्डकप : हेटौडाको फराकिलो जित, रौतहट ५-१ ले पराजित

ए वान डेस्क
१४ माघ २०८०, आईतवार १९:५३

रिगल रिसोर्ट हेटौंडा बारामा जारी तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको जीतपुरसिमरा उपमहानगरपालिका १८स्थित मौवादेवी मैदानमा आइतबार भएको खेलमा हेटौंडाले रौतहट फूटबल क्लबलाई ले पराजित गरेको हो

हेटौंडाको फराकिलो जीतमा एलिश क्षेत्रीले ह्याट्रिक गरे हेटौंडाका लागि थप दुई गोल सुदिप सापकोटा सरोज राईले गरेका थिए रौतहटका लागि भने राजु पहरीले एक गोल फर्काए

खेलको १० औं मिनेटमा सुदिपको गोलबाट हेटौंडाले अग्रता लिएको थियो तर रौतहटका राजुले ३९औं मिनेटमा गोल गर्दै खेलबराबरीमा ल्याएका थिए प्रतिस्पर्धात्मक खेलको ६७ औं मिनेटमा एलिशले गोल गर्दै खेल को स्थितीमा पुर्‍याए

खेलमा अग्रता दिलाएका एलिशले ७८ ८१ औं मिनेटमा लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे हेटौंडाका लागि सरोज राईले पाचौंगोल गरेका थिए एलिश खेलको म्यान अफ दि म्याच घोषित भए

प्रतियोगिता अन्तर्गत सोमबार हानामी एफसी चितवन वीरगन्ज युनाईटेडबीच खेल हुनेछ मौवादेवी युवा क्लबद्धारा आयोजितप्रतियोगितामा आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन्

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए प्रतियोगिता माघ २० गते समापन हुनेछ  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*