तेश्रो मनहर्वा गोल्डकप : आज सिमरा र बागमती भिड्ने

ए वान डेस्क
१६ माघ २०८०, मंगलवार ०९:५७

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा जारी तेश्रो मनहर्वा गोल्डकप २०८० मा आज नव दुर्गा युवा क्लब सिमरा र बागमती युवा क्लब सर्लाहीबिच खेल हुदैछ । बडहर्वा खेल मैदानमा हुने दुई टिमबिचको खेल दिउसो २ बजेपछि शुरु हुनेछ ।

नव दुर्गा युवा क्लब सिमरा साबिकको बिजेता टिम हो । यसअघि हिजो भएको खेलमा भरतपुर फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब विजयी भएको थियो ।

रोमाञ्चक अनि प्रतिस्पर्धात्मक बनेको खेलमा विरगञ्जले जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । श्री मौवा देवी युवा क्लबको आयोजनामा माघ १३ गतेदेखि शुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*