लोटस एकेडेमीले उचाल्यो अल्फोनसिएन फुटबल कपको उपाधी

ए वान डेस्क
१६ माघ २०८०, मंगलवार २१:३६

ए वान डेस्क /

लोटस एकेडेमी सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी अल्फोनसिएन फुटलब कप २०८० को उपाधी उचालेको छ । सेन्ट अल्फोनसास स्कुल औराहामा आज भएको फाईनल खेलमा सिमरा पब्लिक ई. बोर्डिङ स्कुललाई १ ० गोल अन्तरले पराजित गर्दै लोटस एकेडेमीले उपाधी उचालेको हो ।

बिजेता टिम लोटस एकेडेमीलाई कार्यक्रमका प्रमुख अतिथि बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा लोटसका युवराज कार्की प्लेयर अफ द म्याच घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षकमा सेन्ट अल्फोनसासका उर्गेन लामा, सर्वाधिक गोलकर्तामा एसपिएसका समिर राय र म्यान अफ द सिरिजमा एसपिएस प्रिन्स राई घोषित भए ।

माघ ९ गतेदेखि शुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । यसअघि समापन समारोहको बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा मधेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरी, खेलप्रेमी बिनोद परियार, समाजसेवी शिव शर्मा, सञ्चारकर्मी सुनिल गाउले लगायतको उपस्थिति रहेको थियो । बिद्यालयकी प्रिन्सिपल सिस्टर लिन्साको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक श्याम दुधराजले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*