तेश्रो मनहर्वा गोल्डकप : पहिलो सेमिफाइनलमा आज आयोजक र विरगञ्ज भिड्दै

ए वान डेस्क
१७ माघ २०८०, बुधबार १०:३८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा जारी तेश्रो मनहर्वा गोल्डकप २०८० मा आजदेखि सेमिफाईनलका खेल हुद्रैछन् । बडहर्वा खेल मैदानमा हुने पहिलो सेमिफाईनल खेलमा आज आयोजक श्री मौवा देवी युवा क्लब र विरगञ्ज युनाईटेड विरगञ्ज भिड्दैछन् ।

दुई टिमबिचको खेल दिउसो २ बजेपछि शुरु हुनेछ । आयोजकले हरिवन र वीरगन्जले चितवनलाई पराजित गर्दै सेमिफाइनल भिडन्त पक्का गरेका थिए ।

यसअघि हिजो भएको अन्तिम क्वाटरफाईनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई नव दुर्गा युवा क्लब सिमराले ५-१ गोल अन्तरले पराजित गरेको थियो । योसंगै नव दुर्गा युवा क्लब सिमरा प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागी आज र भोलि टिकट दर ५० रुपैया कायम गरिएको आयोजक श्री मौवा देवी युवा क्लबका अध्यक्ष निर्मल यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*