युवा समाजसेवी बस्नेतद्धारा नव दुर्गा युवा क्लबलाई जर्सि सहयोग

ए वान डेस्क
१७ माघ २०८०, बुधबार १२:५३

ए वान डेस्क /

युवा समाजसेवी हिरा बहादुर बस्नेतले नव दुर्गा युवा क्लब सिमरालाई जर्सि सहयोग गर्नुभएको छ । स्र्वगिय पिता गणेश बहादुर बस्नेतको सम्झनामा समाजसेवी बस्नेतले नव दुर्गा युवा क्लब सिमरालाई जर्सि सहयोग गरेका हुन् ।

बडहर्वा खेल मैदान बस्नेतले मंगलबार क्लबका अध्यक्ष हरि चौधरीलाई जर्सि हस्तान्तरण गरेका थिए । सो अवसरमा समाजसेवी बस्नेतले विजयको शुभकामना समेत दिनुभएको थियो । जर्सि वितरण कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी अनिल गुप्ता, मेघनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तेश्रो मनहर्वा गोल्डकपमा मंगलबार बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोल अन्तरले पराजित गर्दै नव दुर्गा युवा क्लब सिमरा विजयी भएको थियो । नव दुर्गा युवा क्लब सिमराले अब फाईनल प्रवेशका लागी भोलि हेटौडा रिसोर्टसंग अन्तिम सेमिफाईनल खेल खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*