विरगञ्ज युनाईटेड तेश्रो मनहर्वा गोल्डकपको फाईनलमा प्रवेश, आयोजक २-० ले स्तब्ध
ए वान डेस्क /
आयोजक मौवा देवी यूवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युनाईटेड विरगञ्ज तेस्रो मनहर्वा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बुधबार बडहर्वा खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा आयोजकलाई पराजित गर्दै विरगञ्ज युनाईटेडले फाईनलको यात्रा तय गरेको हो ।
विरगञ्जको जितमा अमर डंगोल र सागर चौधरीले एक एक गोल गरेका थिए । पहिलो हाफको १८औं मिनटमा डंगोलले आफ्नो टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलेको दोस्रो हाफाको ७३औं मिनटमा सागर चौधरीले थप एक गोल गरे ।
खेलमा आयोजकले थुप्रै अवसरहरु प्राप्त गरेपनि त्यसको सदुपयोग गर्न सकेन् । विरगञ्ज युनाईटेडले अब उपाधीको लागी भोलिको बिजेता शनिवार फाईनल भिडन्त गर्नेछ ।

प्रतियोगिता अन्र्तगत भोलि नव दुर्गा युवा क्लब सिमरा र रिगल हेटौडा रिसोर्टबिच अन्तिम सेमिफाईनल खेल हुनेछ । आजको खेलमा विरगजं यूनाईटेडका अमर डंगोल म्यान अफ म्याच घोषित भए । माघ १३ गतेदेखि शुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले दुई लाख र उप विजेताले एक लाख रुपैया प्राप्त गर्नेछन् ।















