तेश्रो मनहर्वा गोल्डकप : आज अन्तिम सेमिफाईनल खेल, सिमरा र हेटौडा भिड्दै
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर १८ मा जारी तेश्रो मनहर्वा गोल्डकप २०८० मा आज अन्तिम सेमिफाईनल खेल हुदैछ । बडहर्वा खेल मैदानमा हुने अन्तिम सेमिफाईनल खेलमा नव दुर्गा युवा क्लब सिमरा र रिगल हेटौडा रिसोर्ट भिड्दैछन् ।
दुई टिमबिचको खेल दिउसो २ बजेपछि शुरु हुने आयोजक मौवा देवी युवा क्लबका अध्यक्ष निर्मल यादवले जानकारी दिनुभयो । यसअघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा आयोजक क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युनाईटेड विरगञ्ज तेस्रो मनहर्वा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
विरगञ्ज युनाईटेडले अब उपाधीको लागी आजको बिजेतासंग शनिवार फाईनल भिडन्त गर्नेछ । माघ १३ गतेदेखि शुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले दुई लाख र उप विजेताले एक लाख रुपैया प्राप्त गर्नेछन् ।















