यू-१९ विश्वकप: नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत

ए वान डेस्क
१९ माघ २०८०, शुक्रबार १३:४४

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेको छ। सुपर सिक्स अन्तर्गतको अन्तिम खेलमा टस हारेसँगै नेपाल सेमिफाइनल नजिक रहेको भारतविरुद्ध पहिले फिल्डीङ गर्ने भएको छ। भारतले केहीबेरपछि पहिले ब्याटिङ गर्नेछ।

प्रतियोगितामा नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको थियो। यद्यपि, पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। भारत नेपालविरुद्ध झिनो अन्तरले हारेपनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ।

विश्वकपमा नेपाल र भारतबीच यो तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो। नेपालले आफ्नो इतिहासमा भारतलाई २०१७ को यू-१९ एसियाकपमा पहिलो पटक हराएको थियो। तर त्यसपछि भने नेपालले भारतलाई हराउन सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*