तेश्रो मनहर्वा गोल्डकप : फाईनल खेल आज, उपाधीका लागी विरगञ्ज र हेटौडा भिड्ने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा जारी तेश्रो मनहर्वा गोल्डकप २०८० को फाईनल खेल आज हुदैछ । बडहर्वा खेल मैदानमा हुने फाईनल खेलमा उपाधीका लागी आज विरगञ्ज र हेटौडा भिड्दैछन् ।
दिउसो २ बजेपछि हुने खेलमा रिगल रिसोर्ट हेटौंडा र विरगञ्ज युनाईटेड विरगञ्ज भिड्न लागेका हुन् । माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछ ।
प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।















