१४औ जीतपुरसिमरा गोल्डकपको तयारी शुरु, चैत्र २४ देखि प्रतियोगिता हुने

ए वान डेस्क
२८ माघ २०८०, आईतवार ०९:४२

ए वान डेस्क /

मौफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको १४औ संस्करणको तयारी शुरु भएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले चैत्र २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी तयारी आफ्नो तयारी शुरु गरेको हो ।

सिमरा रंगशालामा हुने प्रतियोगिता चैत्र ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता यसबर्ष पनि रातीको समयमा फ्लड लाईटमा हुनेछ । नव जनजागृती युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी शुरु भईसकेको बताउनुभयो ।

लामाका अनुसार अहिले धमाधम फिल्ड मर्मतको काम भईरहेको छ ।

गोल्डकपको मिति तय भएसंगै हामीले हाम्रो तयारी शुरु गरिसकेका छौ, अहिले फिल्ड मर्मतको काम भईरहेको छ अध्यक्ष लामाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*