अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव सम्पन्न

ए वान डेस्क
२८ माघ २०८०, आईतवार १८:०६

ए वान डेस्क /

बाराको सिमरामा रहेको अक्षरा पाठशालाको सातौ बार्षिक उत्सव आज सम्पन्न भएको छ । बार्षिक उत्सवको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले शिक्षा सुधार अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो । बिद्यालय स्तरमा बैज्ञानिक ढंगको शिक्षा आवश्यक रहेको भन्दै उहाले आफ्नो बालबालिकाको शिक्षामा विशेष ध्यान दिन अभिभावकलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, एन प्याबसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ऋषि काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थि तथा शिक्षकहरुले आफ्नो नृत्यसमेत प्रस्तुत गरेका थिए । बिभिन्न भेषभुसामा सजिएका बिद्यार्थिहरुले मौलिक नृत्य प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*