जीतपुरसिमरामा ३ दिने दृष्टिबिहिन क्रिकेट प्रशिक्षण तालिम शुरु (भिडियोसहित)
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा आजदेखि ३ दिने दृष्टिबिहिन क्रिकेट प्रशिक्षण तालिम शुरु भएको छ । तालिमको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङ, जनता माबिका प्राचार्य राजु प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग तथा मधेश प्रदेश नेत्रहिन क्रिकेट संघ र आईजको आयोजनामा तालिम शुरु भएको हो ।
दृष्टिबिहिनहरुलाई पनि क्रिकेट खेलप्रति आकर्षित गर्ने उदेश्यले तालिम आयोजना गरिएको मधेश प्रदेश नेत्रहिन क्रिकेट संघका अध्यक्ष महेश साहले बताउनुभयो । ३ दिने तालिममा ३० जना दृष्टिबिहिनहरुको सहभागिता रहेको छ ।
तालिमका सहभागिहरुलाई मधेश प्रदेश क्रिकेट संघका क्यापटेनसमेत रहेका तालिम प्रशिक्षक बासु मिश्रले प्रशिक्षण दिईरहेका छन् ।
भिडियो : https://www.facebook.com/a1samachar/videos/372374892384997















