प्रथम बिभुती अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिता २०८० शुरु
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा आजदेखि प्रथम बिभुती अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिता २०८० शुरु भएको छ । निजि बिद्यालयहरुको छाता संगठन एन प्याबसन जीतपुरसिमराको आयोजना तथा राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाको सहयोगमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा ८ वटा बिद्यालयको सहभागिता रहेको छ । फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता अन्र्तगत आज दुई खेल भएका थिए ।
पहिलो खेलमा राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाले पाथिभरा ई. बोर्डिङ स्कुल सिमरालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै आजै भएको दोश्रो खेलमा साना किशान शिक्षा सदन रजघट्टाले लोटस एकेडेमीलाई सिमरालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अन्र्तगत भोलि पनि दुई खेल हुनेछ । पहिलो खेल सिमरा पब्लिक ई. बोर्डिङ स्कुल र मिसन एकेडेमी उचिडिबिच हुनेछ भने दोश्रो खेल अक्षरा पाठशाला र न्यु एकता ई बोर्डिङ स्कुलबिच हुने राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनका प्रिन्सिपल सागर ठाडा मगरले जानकारी दिनुभयो ।
















