विश्वकप लिग–२ सिरिज : नामिबियाविरुद्ध नेपालको १०० रन पूरा

ए वान डेस्क
३ फाल्गुन २०८०, बिहीबार ११:५१

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले एक सय रन पूरा गरेको छ । नेपालले २९.१ ओभरमा एक सय रन पूरा गरेको हो । नेपालले १ सय रन पूरा गर्नेक्रममा ७ विकेट गुमायो ।

नामिबियाविरुद्ध कुशल भुर्तेल शून्य, अनिल साह ८, आसिफ शेख चार, कप्तान रोहित पौडेल एक, भीम सार्की ४४, कुशल मल्ल १५ र सोमपाल कामी दुई रन बनाएर आउट भइसकेका छन् ।

गत संस्करणको लिग–२ मा नेपाल तेस्रो र नामिबिया चौथो भएको थियो । शीर्ष तीनमा पर्दा नेपालले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाएको थियो । यसपटक लिग–२ मा आठवटा टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।

हालसम्म नेपाल र नामिबियाले एकअर्काविरुद्ध ६ एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नामिबियाले तीन र नेपालले दुई खेल जितेको छ । यी दुई टिमबीचको खेल भने वर्षाले रद्द भएको छ ।

नेपालको प्लेइङ–११ : आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान) कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*