जीतपुरसिमरा १५ मा भोलिदेखि चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप हुने
ए वान डेस्क /
जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ मा चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप हुने भएको छ । प्रगतिशिल युथ क्लबको आयोजनामा फागुन ५ गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताबारे जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष कृष्ण नेपालले प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया प्राप्त गर्नेछन ।
प्रतियोगिताको सहयोगि सस्थामा जितपुरसिमरा उपमाहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर १५ का वडा अध्यक्ष राम प्रसाद लामिछानेले खेल क्षेत्रको विकास गर्न आफु सधै तत्पर रहेको बताउनुभयो । खेल सञ्चालनसंगै खेलाडी उत्पादनमा पनि विशेष ध्यान दिनुपर्ने भन्दै उहाले प्रतियोगिता निरन्तर्ता दिदै जानुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बासु नेपालले गर्नुभएको थियो । कार्यक्रममा क्लबका सदस्य दिपक कार्कीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।















