सिमरा पब्लिकले उचाल्यो अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिताको उपाधी

ए वान डेस्क
४ फाल्गुन २०८०, शुक्रबार १९:४४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा आयोजित प्रथम बिभुती अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिता २०८० को उपाधी सिमरा पब्लिक ईङलिस बोर्डिङ स्कुले उचालेको छ । डुमरवाना खेल मैदानमा आज भएको फाईनल खेलमा राष्ट्रिय बिभुती सामुायिक शिक्षा सदनलाई १–० गोल अन्तरले पराजित गर्दै सिमरा पब्लिकले उपाधी उचालेको हो ।

बिजेता सिमरा पब्लिकलाई वडा नम्बर १५ का वडा अध्यक्ष राम प्रसाद लामिछानेले ट्रफी र मेडल प्रदान गरेका थिए । निजि बिद्यालयहरुको छाता संगठन एन प्याबसन जीतपुरसिमराको आयोजना तथा राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाको सहयोगमा फागुन २९ गतेदेखि प्रतियोगिता शुरु भएको थियो ।

प्रतियोगितामा ८ वटा बिद्यालयको सहभागिता रहेको थियो । यसअघि समापन समारोहको वडा अध्यक्ष लामिछानेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै लामिछानेले बिद्यालय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठुलो भुमिका खेल्ने बताउनुभयो । उहाले खेल क्षेत्रको विकास गर्न बिद्यालय स्तरमा लगानी गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सिमरा पब्लिक ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल बसन्त ढकालले सफल्ताको कामना गर्नुभएको थियो । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*