सिमरा अटोजोन चौथो बर्षमा प्रवेश, कर्मचारीदेखि ग्राहकसम्मलाई ‘सरप्राईज गिफ्ट’

ए वान डेस्क
४ फाल्गुन २०८०, शुक्रबार २०:१४

ए वान डेस्क /

महिन्द्रा कम्पनीको आधिकारीक स्वरुम सिमरा अटोजोन चौथो बर्षमा प्रवेश गरेको छ । चौथो बर्षमा प्रवेश गरेको अवसरमा सिमरा अटोजोनले आज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमकाबिच अटोजोनले कर्मचारीदेखि ग्राहकसम्मलाई सरप्राईज गिफ्ट प्रदान गरेको छ । एक आपसमा खुशी साटासाट गरी अटोजोनले बार्षिक उत्सव मनाएको हो । सिमरा अटोजोनले महिन्द्रा कम्पनी अन्र्तगतका सवारी साधनको सर्भिस, स्पेयर र पार्टस प्रदान गर्दै आईरहेको छ ।

सामाजिक क्रियाकलापमा समेत सक्रिय सिमरा अटोजोनले आफ्नो सेवालाई थप प्रभावकारी बनाउने तयारी गरेको छ । सञ्चालक राजेश क्षेत्रीले सिमरा अटोजोनले आगामी दिनमा आफ्नो सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताउनुभयो ।

‘समय सापेक्ष हामी हाम्रो सेवालाई प्रभावकारी बनाउदै लैजानेछौ’ उहाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*