जितपुरसिमरा १५ मा चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप शुरु, उद्घाटन खेलमा रौतहट विजयी

ए वान डेस्क
५ फाल्गुन २०८०, शनिबार २०:०४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप क्रिकेट प्रतियोगित शुरु भएको छ । प्रगतिशिल युथ क्लबको आयोजनामा आजदेखि प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष  रामप्रसाद लामिछने, २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, कार्यपालिका सदस्य प्रलाद साह, समाजसेवी दिपक बहादुर कार्की, अनिल पुडाशैनी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगिताको सहयोगि सस्थामा जितपुरसिमरा उपमाहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ ।

उद्घाटन खेलमा रौतहट विजयी

प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा सर्लाहीलाई ५ विकेटले पराजित गर्दै रौतहटले विजयी शुरुवात गरेकोे छ । टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले २० ओभरको खेलमा ९ विकेट गुमाउदै रौतहटलाई १२० रनको लक्ष्य दिएको थियो ।

सर्लाहीको लागी रवि शर्माले सर्वाधिक ४० रन बनाएका थिए । यस्तै राहुल महत्तोले ३४, रंजित यादवले १८ रन बनाएका थिए । सो क्रममा रौतहटका सनि साहले उत्कृष्ट ४ विकेट लिएका थिए । यता, १२० रनको लक्ष्य पछाएको रौतहटले १४.३ ओभरमै लक्ष्य भेटाएको थियो ।

रौतहटको जितमा सोबेन्द्र पासवानले सर्वाधिक ३१ रन बनाएका थिए । प्रतियोगिता अन्र्तगत रौतहटका सनि साह म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता दुई समुहमा खेलाईएको छ । समुह ए मा आयोजक प्रगशिल युथ क्लब, पर्सा क्रिकेट संघ र मकवानपुर क्रिकेट संघ रहेको छ । यसैगरी समुह बि मा बारा क्रिकेट संघ, रौतहट र सर्लाही क्रिकेट संघ रहेको छ ।

प्रत्यक टिमले २ वटा खेल खेल्नेछन् । कार्यतालिका अनुसार समुह ए र बि को बिजेताले उपाधीको लागी अन्तिम भिडन्त गर्नेछन् । प्रतियोतिगाको फाईनल खेल फागुन १२ गते हुनेछ ।

प्रतियोगिता अन्र्तगत भोलि आयोजक प्रगतिशिल युथ क्लब र पर्सा क्रिकेटसंघबिच खेल हुनेछ । खेल बिहान ११ः३० बजेदेखि शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*