सिमरा पब्लिकको १६औ बार्षिक उत्सव सम्पन्न
ए वान डेस्क /
बाराको सिमरामा रहेको सिमरा पब्लिक ई. बोर्डिङ स्कुलको १६औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा युवा तथा खेलकुक महाशाखा प्रमुख हरिश भट्ट, वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, बाईटर ई. बोर्डिङ स्कुलका प्रिन्सिपल राजु कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाबिच बिद्यालयले सिङगिङ आईडल र डान्स आईडल समेत आयोजना गरेको थियो ।
यसैगरी २०७९ को एसईई परिक्षामा उतिर्ण बिद्यार्थिहरुलाई समेत सम्मान गरिएको सञ्चालक शालिकराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न भेषभुसामा सजिएका बिद्यार्थिहरुले मौलिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम बिद्यालयका प्रिन्सिपल बसन्त ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।















