प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप : पर्सा विजयी, आयोजक स्तब्ध

ए वान डेस्क
६ फाल्गुन २०८०, आईतवार २१:४४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप क्रिकेट प्रतियोगिता २०८० मा आज पर्सा क्रिकेट संघ विजयी भएको छ । आयोजक प्रगतिशिल युथ क्लबलाई पराजित गर्दै पर्सा विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको पर्साले १६.२ ओभरको क्षतीमा १६१ रन बनाएको थियो । पर्साका लागी आकिब अंसारीले सर्वाधिक ५९ रनको योगदान दिए ।

यता, टस हारेर बलिङको निम्तो पाएको आयोजक लागी ईमरान शेख र आशिस शेखले समान ४ विकेट लिएका थिए । आयोजकका लागी भने ईमरान शेखले सर्वाधिक ५८ रन बनाएका थिए । घरेलु मैदानमा उत्कृष्ट प्रर्दशन गर्न नसक्दा आयोजकले हार व्यहोर्नुपर्यो ।

प्रतियोगिता अन्र्तगत पर्साका आकिब अंसारी म्याच अफ द म्याच घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष कृष्ण नेपालले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलि बारा क्रिकेट संघ र सर्लाही क्रिकेट संघबिच खेल हुनेछ । खेल बिहान ११ः३० बजेदेखि शुरु हुनेछ ।

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगिताको सहयोगि सस्थामा जितपुरसिमरा उपमाहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ । प्रतियोगिता दुई समुहमा खेलाईएको छ । समुह ए मा आयोजक प्रगशिल युथ क्लब, पर्सा क्रिकेट संघ र मकवानपुर क्रिकेट संघ रहेको छ । यसैगरी समुह बि मा बारा क्रिकेट संघ, रौतहट र सर्लाही क्रिकेट संघ रहेको छ । प्रत्यक टिमले २ वटा खेल खेल्नेछन् ।

कार्यतालिका अनुसार समुह ए र बि को बिजेताले उपाधीको लागी अन्तिम भिडन्त गर्नेछन् । प्रतियोतिगाको फाईनल खेल फागुन १२ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*