चौथो प्रगतिशिल क्रिकेट प्रतियोगिता : बारा ९७ रनले विजयी

ए वान डेस्क
७ फाल्गुन २०८०, सोमबार २१:१४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप क्रिकेट प्रतियोगिता २०८० मा आज बारा क्रिकेट संघ विजयी भएको छ । टस जितेर ब्याटिङ राजेको बाराले सर्लाही क्रिकेट संघलाई ९७ रनले पराजित गरेको हो ।

२० ओभरको खेलमा बाराले ४ विकेट गुमाउदै २३४ रन बनाएको थियो । यता, टस हारेर बलिङको निम्तो पाएको सर्लाहीले भने १७.१ ओभरमा १० विकेट गुमाउदै मात्र १३७ रन बनाउन पुग्यो ।

ब्याटिङमा संतोषजनक प्रस्तुती भएपनि फिल्डिङमा भने उत्कृट प्रर्दशन गर्न नसक्दा सर्लाहीले हार व्यहोर्नुपर्यो । योसंगै सर्लाही प्रतियोगिताबाटै बाहिरिएको छ । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि सर्लाही रौतहटसंग पराजित भएको थियो । प्रतियोगिता अन्र्तगत बारा क्रिकेट संघका मन्नु हवारी म्यान अफ म्याच घोषित भए ।

उनलाई वडा नम्बर १५ का वडा सचिव प्रदिप रेग्मी र समाजसेवी सुस्मा मिश्रले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलि मकवानपुर र पर्साबिच खेल हुनेछ । पर्सा भोलि दोश्रो खेल खेल्दैछ । यसअघि आयोजक प्रगतिशिल युथ क्लबलाई पर्साले पराजित गरेको थियो । पर्सा भोलिको खेल जित्दै अंक बढाउने दाउमा हुनेछ ।

भोलिको खेल बिहान ११ः३० बजेदेखि शुरु हुनेछ । प्रतिशिल युथ क्लबको आयोजनामा जारी प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगिताको सहयोगि सस्थामा जितपुरसिमरा उपमाहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*