चौथो प्रगतिशिल क्रिकेट प्रतियोगिता : मकवानपुर ७ विकेटले विजयी
ए वान डेस्क /
चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप क्रिकेट प्रतियोगिता २०८० मा आज मकवानपुर क्रिकेट संघ विजयी भएको छ । प्रतियोगिता अन्र्तगत आज भएको खेलमा पर्सालाई ७ विकेटले पराजित गर्दै मकवानपुर विजयी भएको हो ।
टस जितेर ब्याटिङ राजेको पर्साले १० विकेटको क्षतीमा ६९ रन बनाएको थियो । १६ ओभरमा सिमित पर्साका लागी अनुज चौहानले सर्वाधिक १८ रनको योगदान गरेका थिए । यसैगरी सफवान अलिले १५, आकिब अंसारीले ९ र संसाद मंसुरीले मात्र ८ रन बनाए ।
प्रतियोगितामा दोश्रो खेल खेलेको पर्साका लागी अन्य खेलाडीले भने झिनो रन ल्याएर आउट भए । सो क्रममा मकवानपुरका असिम श्रेष्ठ र रोहित ठाकुरले समान ३ विकेट लिएका थिए । यो संगै पर्सा प्रतियोगिताबाटै बाहिरिएको छ ।
यता, टस हारेर बलिङको निम्तो पाएको मकवानपुरले भने ९.१ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य भेटायो । प्रतियोगितामा पहिलो खेल खेलेको मकवानपुरले लक्ष्य पुरा गर्ने क्रममा ७५ रन बनाएको थियो । मकवानपुरका लागी गौरव खड्काले नट आउट हुदै सर्वाधिक २८ रन बनाए । यसैगरी शुभ कंसकारले २७, अस्कित दाहालले ७ र सुमन सुनारले ७ रन बनाएका थिए ।
अब मकवानपुरले आफ्नो दोस्रो खेल फागुन १० गते आयोजकसंग खेल्नेछ । प्रतियोगिता अन्र्तगत मकवानपुरका असिम श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । भोलि बारा क्रिकेट संघ र रौतहट क्रिकेट संघबिच खेल हुनेछ । भोलिको खेलको बिजेता सिधै फाईनल प्रवेश गर्नेछ ।
रौतहटले सर्लाहीलाई पहिलो खेलमा पराजित गरेको थियो भने बाराले पनि सर्लाहीलाई नै तेश्रो खेलमा पराजित गरेको थियो । बारा र सर्लाही प्रतियोगिताको टिम बि मा छन् । टिम बि को अन्तिम भिडन्त भोलि हुनेछ । भोलिको खेल बिहान ११ः३० बजेदेखि शुरु हुनेछ ।
प्रतिशिल युथ क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया प्राप्त गर्नेछन । प्रतियोगिताको सहयोगि सस्थामा जितपुरसिमरा उपमाहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ ।















