चौथो प्रगतिशिल क्रिकेट प्रतियोगिता : फाईनल खेल भोलि, उपाधीका लागी मकवानपुर र रौतहट भिड्ने

ए वान डेस्क
११ फाल्गुन २०८०, शुक्रबार ११:३३

ए वान डेस्क /

जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी चौथो प्रगतिशिल टि ट्वान्टि च्याम्पियन्सिप क्रिकेट प्रतियोगिता २०८० को उपाधीका लागी मकवानपुर र रौतहट भिड्ने भएका छन् । दुई टिमबिचको फाईनल खेल शनिवार हुनेछ ।

आयोजक प्रगतिशिल युथ क्लबलाई पराजित गर्दै मकवानपुर र बारालाई पराजित गर्दै रातहटले फाईनलको यात्रा सुरक्षित गरेको हो । उपाधी दाबेदारको रुपमा हेरिएको बारालाई रौतहटले ५ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको बाराले १९.२ ओभरको क्षतीमा १० विकेट गुमाउदै १४६ रन बनाएका थियो । यता, रौतहटले बाराको लक्ष्य १८.२ ओभरमा ५ विकेट गुमाउर्दै भेटायो । यसअघि बिहिबार भएको खेलमा आयोजक प्रगतिशिल युथ क्लबलाई मकवानपुरले ९८ रनले पराजित गरेको हो । घरेलु मैदानमा लगातार दोश्रो हार व्यहोरेको आयोजक प्रतियोगिताबाटै बाहिरियो ।

प्रतियोगिताको फाईनल खेल भोलि बिहान ११ः३० बजेदेखि शुरु हुनेछ । प्रतिशिल युथ क्लबको आयोजनामा जारी प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगिताको सहयोगि सस्थामा जितपुरसिमरा उपमाहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*