राष्ट्रिय बिभुती डुमरवानाको २२औ बार्षिक उत्सव सम्पन्न
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको राष्ट्रिय बिभुती सामुायिक शिक्षा सदनको २२औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले प्रविधिमैत्री शिक्षामा जोड दिईनुपर्ने बताउनुभयो । उपमहानगरले आगामी बजेटमा प्रविधि मैत्री शिक्षालाई विशेष जोड दिने भन्दै उहाले शिक्षा सुधार अभियानमा सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, एन प्याबसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, बिद्यायका संचालक श्याम प्रसाद भट्राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिभिन्न भेषभुसामा सजिएका बिद्यार्थिहरुले मौलिक नृत्य समेत प्रस्तुत गरेका थिए ।















