मिटरब्याज पीडितसँग आज पनि वार्ता गर्दै सरकार

ए वान डेस्क
१४ फाल्गुन २०८०, सोमबार ०८:४०

मिटरब्याज पीडित र सरकारबीच सोमबार (आज) पनि वार्ता हुँदैछ। आज वार्तामा बस्नेगरी आइतबारको वार्ता टुंगिएको थियो।

सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ। आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति आइतबार भएको थियो।

आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।

सरकारसँग वार्ता चलिरहे पनि पीडितहरूले सडक आन्दोलनलाई भने निरन्तरता दिने बताएका छन्। आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुशवाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए। टोलीमा आदित्य राम, मोहन महतो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*