बारामा मिटरब्याज पीडितकाे २१ बिगहा जमिन फिर्ता

ए वान डेस्क
१४ फाल्गुन २०८०, सोमबार ०९:५१

बारामा अनुचित लेनदेन (मिटरब्याज) मा परेका निवेदनमाथि सुनुवाइ गर्दै २१ बिगहाभन्दा बढी जग्गा फिर्ता गरिएको छ।आपसी सहमतिमा ८३ कित्ताको २१ बिगहा १५ कठ्ठा १६ धुर जग्गा फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय, बारामार्फत तीन हजार तीन सय २२ उजुरी परेको थियो। २०८० वैशाख १७ गतेदेखि माघ अन्त्यसम्म ६७५ वटा उजूरीमा मिलापत्र भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। उजुरीमा २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ रुपैयाँ माग दावी गरिएको थियो।

दुबै पक्षको सहमतिअनुसार १५ करोड १९ लाख ३७ हजार चार सय ११ रुपैयाँ फिर्ता भएको उनले बताए।

अनुचित लेनदेन ( मिटरब्याज ) सम्बन्धी समस्या समाधान गर्ने प्रयोजनार्थ २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी दर्ता गर्न सुरु गरिएको थियो। यस्तै, फागुन ०१ गतेदेखि १३ गतेसम्म आइतबार सम्म १०४ उजूरीमा मिलापत्र भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*