साना किशान सिमराद्वारा आखा शिविरको आयोजना, ४९५ जनाले गरे परीक्षण

ए वान डेस्क
१९ फाल्गुन २०८०, शनिबार २२:१७

बाराको सिमरामा रहेको साना किशान कृषि सहकारी सस्था लिमिटेडले निशुल्क आखा शिविरको आयोजना गरेको छ । शिविरको एक कार्यक्रमका बिच जितपुरसिमरा उपमाहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो ।

किरण आखा अस्पताल बिरगन्जको सहयोगमा आयोजित आखा शिविरमा ४९५ जनाले आखा परीक्षण गराएका छन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित शिविरमा १५० जना पुरुष र ३४५ जना महिलाले आखा परीक्षण गराएका थिए ।

सो क्रममा ५५ जनामा मोतियाबिन्दु देखिएको थियो । कार्यक्रममा नेकपा एस केन्द्रीय सदस्य ताज महमद, हिमाल खरेल, जिल्ला कमिटी सदस्य बिरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाकि अध्यक्ष कमला अधिकारिको अध्यक्षता मा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*