सिमरा महिला साकोसद्धारा अस्पताललाई ब्ल्यांकेट हस्तान्तरण

ए वान डेस्क
२३ फाल्गुन २०८०, बुधबार ११:४०

ए वान डेस्क /

बाराको सिमरामा रहेको सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा अस्पताललाई आज बेबी ब्ल्यांकेट हस्तान्तरण गरेको छ । १ सय १४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सिमरा महिला साकोसले एक सय थान बेबी ब्ल्यांकेट हस्तान्तरण गरेको हो ।

अस्पतालमा जन्मिएका शिशुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै साकोसले अस्पताललाई बेबी व्ल्यांकेट हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष मुना खरेलले बताउनुभयो । कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ की वडाध्यक्ष चयन मगरले दुई दिने नवजात शिशुलाई ब्ल्यांकेट ओढाएर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमकाबिच अस्पताल प्रमुख प्रकाश साहलाई एक सय थान ब्ल्यांकेट हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का कार्यवाहक अध्यक्ष उद्धवप्रसाद गौतम, नेपाली काग्रेसका केन्द्रीय सदस्य नारायणी रायमाझी, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गीता कँडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व कार्यपालिका सदस्य सुमित्रा कार्की, जीतपुरसिमरा अस्पताल प्रमुख प्रकाश साह, अस्पतालका जनस्वास्थ्य अधिकृत अशोक जैसवाल, इलाका प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रकी पार्वती बोहोरा, सिमरा महिला साकोसकी पूर्व अध्यक्ष एवं सल्लाहकार अनिता लम्साल, लेखा समिति संयोजक उर्मिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गीता शर्माले गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष भिमादेवी शर्माले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*