राधाकृष्ण बन समुहको १६औ बार्षिक साधारणसभा सम्पन्न, श्रेष्ठ भए अध्यक्ष

ए वान डेस्क
२७ फाल्गुन २०८०, आईतवार १८:५१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राधाकृष्ण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको १६औ बार्षिक साधारणसभा तथा ८औ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले बन र बन्यजन्तु संरक्षणमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले बन संरक्षणको पाटोमा जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले जिम्मेवार ढंगले बन संरक्षणको पाटोमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत संतोष भगत, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमकाबिच समुहका अध्यक्ष सत्य बहादुर श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समुहका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।

यसैबिच, अधिवेशनले पुनः सत्य बहादुर श्रेष्ठको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । उद्घाटन शत्रपछि भएको बन्दशत्रले श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नया कार्यसमिति चयन गरेको हो ।

समुहको उपाध्यक्षमा युवराज न्यौपाने, सचिवमा रिता कडेल, कोषाध्यक्षमा सोमलाल बोम्जन र सह सचिवमा होम बहादुर रखाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रमेशराज न्यौपाने, नवराज अधिकारी, प्रद्युम्न चौरसिया, पम्फा बोगटी, जीतबहादुर श्रेष्ठ, लेखनाथ खतिवडा, शुभद्रा बुढाथोकी र चिनिमाया परियार चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*