पर्सामा ५८ लाख बढीको औषधीसहित ट्रक नियन्त्रणमा

ए वान डेस्क
१ चैत्र २०८०, बिहीबार १२:२८

पर्सामा ५८ लाख भन्दा बढी औषधीसहितक एक ट्रक नियन्त्रणमा लिइएको छ।

वीरगंज महानगरपालिका-१७ को आईसिपीको चेकप्वाईन्टबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।

औषधीको विलमा उल्लेख भए भन्दा फरक सामानसमेत रहेको भन्ने विशेष सुचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौमा खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार करिव ५८ लाख ५७ हजार रूपैयाँ बराबरको औषधी छ। उक्त औषधि कहाँका लागि लगिएको भनेर प्रष्ट खुलाइएको छैन। त्यसैले नियन्त्रणमा लिनु परेको हो।

नियन्त्रणमा लिइएको औषधीसहितको ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सह प्रवक्ता थापाले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*