रौतहटमा बैंक लुटपाट, कर्मचारीमाथि गोली प्रहार

ए वान डेस्क
२ चैत्र २०८०, शुक्रबार १४:२७

रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको घटना भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी इलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताइन् ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*