भोलिदेखि शुरु हुने तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताको तयारी पूरा
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक शक्ति युवा क्लब परवानीपुरले पत्रकार सम्मेलनको आयोजना गर्दै परवानीपुर खेल मैदानमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बारेमा जानकारी गराएको हो ।
चैत्र ३ गतेदेखि हुने प्रतियोगितामा बागमती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिमको सहभागीता रहनेछ । प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगन्ज युनाइटेड एफसी, हनामी भरतपुर फुटबल क्लब चितवन, वीरगन्ज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी मकवानपुर, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बागमती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए ।
प्रतियोगिताको विजेताले दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा खेलाडीका लागि विभिन्न विद्यागत पुरस्कार पनि राखिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए । उनका अनुसार फुटबल प्रतियोगिताको लागी विभिन्न संस्थाहरु सहयोग गर्न तयार भएको र आयोजक क्लबका सदस्यहरुले पनि सहयोग गरिरहेको बताए।















