प्रथम जीतपुरसिमरा क्रिकेट कप भोलिदेखि, सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
२ चैत्र २०८०, शुक्रबार २१:५१

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा भोलिदेखि प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० शुरु हुदैछ । अभियान नेपालको आयोजनामा सशस्त्र बेश क्याम्पन छेउको क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकका अनुसार प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिता संयोजक सोमलाल बोम्जनले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो । ‘भोलिदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको छ, भोलि दिउसो १ बजे हामीले उद्घाटन कार्यक्रम राखेका छौ’ संयोजक बोम्जनले भन्नुभयो ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । राउन्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा आयोजकसहित ६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक टिम जीतपुरसिमरा स्पोर्ट्स क्लब, बारा, मकवानपुर, पर्सा, चितवन, रुपन्देहीको सहभागिता रहने संयोजक सोमलाल बम्जनले जानकारी दिए ।

चैत्र १० गतेसम्म आयोजना हुने प्रतियोगिताको प्लेयर अफ दि सिरिजले १० हजार नगद र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*