सुनचाँदी व्यवसायी मधेस प्रदेश अध्यक्षमा साह निर्वाचित
नेपाल सुन चाँदी व्यवसायी महासङ्घ मधेस प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका छन्। जनकपुर स्थित सम्पन्न सङ्घको तेस्रो साधारण सभामा प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका हुन्।
उपाध्यक्षमा कृष्णदेव साह, भीम बहादुर विश्वकर्मा, सचिवमा अनिल कुमार साह र सहसचिवमा दीपेन्द्र ठाकुरलाई साधारण सभाले निर्वाचित गरेको छ। त्यसै गरी कोषाध्यक्षमा विजय कुमार सर्राफ, सहकोषाध्यक्षमा ध्रुब विश्वकर्मा, र सदस्यहरूमा जितेन्द्र गुप्ता, मनोज विश्वकर्मा, अनिल गुप्ता निर्वाचित भएको प्रदेश अध्यक्ष रामजी साहले जानकारी दिएका छन्।















