जीतपुरसिमरा उपमहानगरले जातिय विभेद उन्मुलन दिवस मनाउने

ए वान डेस्क
७ चैत्र २०८०, बुधबार २०:१८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले ५९औ अन्र्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाउने भएको छ । दिवसको अवसरमा भोलि बिभिन्न कार्यक्रमको आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

२१ मार्चमा प्रत्यक बर्ष देशका बिभिन्न स्थानमा अन्र्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा बिभिन्न कार्यक्रम आयोजना हुदै आएको छ । दिवसको अवसरमा उपमहानगरपालिकाले भोलि अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किशानको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशीधार घिमिरे लगायतको उपस्थिति रहने नगर प्रमुखका स्वकिय सचिव रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अन्र्तक्रिया कार्यक्रमअघि जीतपुरको शान्ति टोलबाट र्याली निकाल्ने समेत तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*