वीरगन्ज युनाइटेडले उचाल्यो परवानीपुर गोल्डकपको उपाधि

ए वान डेस्क
१० चैत्र २०८०, शनिबार २०:३३

वीरगन्ज युनाइटेड क्लवले तेश्रो परवानीपुर गोल्ड कप उचालेसंगै उपाधि रक्षा समेत गरेको छ । परवानीपुरमा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा उसले हेटौडा फुटबल एकेडेमीलाई टाइ ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा मध्यान्तर अघिको ३० औं मिनेटमा वीरगन्ज युनाइटेडका रुपनारायण चौधरीले बललाई जाली चुमाएर टिमलाई अग्रता दिलाएका थिए । मध्यान्तर पछिको खेलको ५० औं मिनेटमा हेटौंडा फुटबल एकेडेमीका सखिन गुरुङ्गले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि दुबै टिमले गोल गर्न नसकेपछि निर्णायकले अतिरिक्त समय थप गरेका थिए । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाई ब्रेकरको मद्दत लिइएको थियो ।

टाइ ब्रेकरमा वीरगन्ज युनाइटेडले ४ र हेटौडा फुटबल एकेडेमीले ३ गोल मात्र गरेको थियो । बिजेता वीरगन्ज युनाइटेडले गोल्डकप सहित नगद २ लाख १ हजार रुपैया पुरस्कार दिइएको थियो । परवानीपुर गाउपालिकाका अध्यक्ष राम क्षेत्रीले बिजेता क्लवलाई नगद पुरस्कार तथा कप हस्तान्तरण गरेका थिए । उपबिजेता हेटौडा फुटबल एकेडेमी उपबिजेता कप तथा नगद १ लाख १ हजार रुपैया राशिको पुरस्कार पाएको छ ।

‘म्यान अफ द म्याच’ हेटौंडाका सखिन गुरुङ्ग, उत्कृष्ट गोल रक्षक वीरगन्जका दीलमणि चौधरी, उत्कृष्ट डिफेन्डर वीरगन्जका सन्जय चौधरी, उत्कृष्ट मिडफिल्डर वीरगन्जका बिपिन चौधरी, उत्कृष्ट स्ट्राइकर वीरगन्जका उदितनारायण चौधरी, उत्कृष्ट कोच वीरगन्जका राजकिशोर धामी घोषित भए ।

‘म्यान अफ द सिरिज’ घोषित वीरगन्जका अमन डंगोलले इलेक्ट्रिक मोटरसाइकल पुरस्कार पाए । शक्ति युवा क्लव परवानीपुरको ३६ औं बार्षिकोत्सवको अवसरमा चैत ३ देखि सुरु भएको यो प्रतियोगितामा ८ टिम सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*