तेस्रो डुमरवाना गोल्डकप २०८० को सम्पुर्ण तयारी पुरा
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा भोलिदेखि शुरु हुने तेश्रो डुमरवाना गोल्डकप २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चारपाते खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।
प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । चैत्र २३ गतेसम्म सञ्चालन हुने प्रतियोतिमा ८ वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख पचास हजार र उप बिजेताले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा एपिएफ बर्दिवास, भरतपुर फुटबल क्लब चितवन, विरगञ्ज युथ एकेडेमी पर्सा, रिगल हेटौडा रिसोर्ट मकवानपुर, एभरेष्ट फुटबल एकेडेमी सर्लाही, निजगढ एफसी, विरगञ्ज युनाईटेड विरगञ्ज र आयोजक जनमुखी युवा चारपाते क्लबको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष हेम नारायण महतोले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय रहेको छ । प्रतियोगिताको सह आयोजकमा डुमरवाना भेट्रान क्लब डुमरवाना रहेको छ ।
करिव १३ लाखको लागतमा आयोजना हुन लागेको प्रतियोगिता आयोजना गर्न उपमहानगरपालिकाको कार्यालयले ५ लाख र वडा नम्बर १५ को कार्यालयले ३ लाख रुपैया सहयोग गरेको छ ।















