तेस्रो डुमरवाना गोल्डकप : भरतपुर फुटबल क्लब विजयी, एपिएफ पराजित

ए वान डेस्क
१८ चैत्र २०८०, आईतवार २०:२१

ए वान डेस्क /

सशस्त्र प्रहरीको एपिएफ बर्दिवासलाई पराजित गर्दै भरतपुर फुटबल क्लब चितवनले तेस्रो डुमरवाना गोल्डकप २०८० मा विजयी शुरुवात गरेको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा भएको खेलमा एपिएफ बर्दिवासलाई २–१ गोल अन्तरले पराजित गर्दै भरतपुरले विजयी शुरुवात गरेको हो ।

भरतपुरको जितमा सन्देश श्रेष्ठ र सरोज दर्लामी मगरले समान एक एक गोल गरेका थिए । यता, एपिएफका लागी युवराज थापा मगरले एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत भरतपुरका सरोज दर्लामी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोलि विरगञ्ज युनाईटेड विरगञ्ज र एभरेष्ट फुटबल एकेडेमी सर्लाहीबिच खेल हुनेछ । दुई टिम बिचको खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा निजगढ एफसी विजयी भएको थियो । आयोजक जनमुखी युवा चारपाते क्लबलाई टाईब्रेकरमा पराजित गर्दै निजगढ एफसी विजयी भएको हो ।

यसअघि प्रतियोगिताको जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले खेल क्षेत्रको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, ३ का कार्यबहाक अध्यक्ष माया बिक, १२ का अध्यक्ष श्यामबाबु खा थारु, १३ का अध्यक्ष हेम नारायण चौधरी, १५ का कार्यबहाक अध्यक्ष मोहन लिम्बु, सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष हेम नारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिता सचिव जितु राउतले स्वागत मन्तब्य राख्नुभएको थियो । चैत्र २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उप बिजेताले नगद ७५ हजार रुपैया प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*