एसीसी प्रिमियर कप क्रिकेट आजदेखि, नेपालले मलेसियासँग खेल्दै

ए वान डेस्क
३० चैत्र २०८०, शुक्रबार ०९:१०

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । मलेसिया भने समूह चरणबाटै बाहिरिएको थियो । समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । मलेसियाले कतार र साउदीलाई पराजित गरेको थियो ।

एसीसी प्रिमियर कप क्रिकेटमा आज एकैदिन चार वटा खेल हुँदैछन् । बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा भोलि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । आजदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*