नेपाल पुलिसले उचाल्यो १४औ जीतपुसिमरा गोल्डकपको उपाधी
ए वान डेस्क /
१४औ जीतपुरसिमरा गोल्डकपको उपाधी नेपाल पुलिस क्लबले उचालेको छ । सिमरा रंगशालामा आज भएको फाईनल खेलमा मच्छिन्द्र क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी उचालेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटेको समयमा पनि दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेल टाईब्रकेरमा धकेलिएको थियो ।
टाईब्रकेरमा भने नेपाल पुलिस क्लबले मच्छिन्द्र क्लबलाई पराजित गर्दै उपाधी आफ्नो कब्जामा पारेको हो । पहिलो पटक जीतपुसिमरा गोल्डकपको उपाधी उचालेको नेपाल पुलिस क्लबले नगद १० लाख रुपैया प्राप्त गरेको छ ।















